बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले चिनियाँ कामदार आउन नसक्दा दुई जलविद्युत आयोजनाको काम ठप्प

शुक्रबार, ०२ फागुन २०७६, १६ : ११
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौँ । चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण कामदार रोकिँदा नेपालका दुई जलविद्युत आयोजानको काम ठप्प भएको छ ।

गत २३ जनवरीमा चिनियाँ नयाँ वर्ष मनाउन गएका कामदार कोरोना फैलिएपछि आउन नसक्दा दोलखा र रामेछापको सीमानामा निर्माणाधीन ४८.२ मेगावाटको खिम्ती–२ तथा रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङखोला हाइड्रोपावरको काम रोकिएको हो । खिम्ती–२ पिपुल्स इजर्नी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि. ले निर्माण गरिरहेको छ । दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना वाटर टर्वाइन वक्र्स (सिडब्लु टिडब्लु) ले लिएको थियो ।

दुवै आयोजना निर्माणमा ठेकेदार कम्पनीले चिनियाँ कामदार लगाएको थियो । चीन गएपछि कोरोनाका कारण कामदार फर्कन नसक्दा काम रोकिएको दुवै आयोजनाका कम्पनी म्यानेजर रामहरि शर्माले जानकारी दिए । ‘ठेकेदार कम्पनी हाम्रो सम्पर्कमा छ’, शर्माले भने, ‘तर कोरोनाका कारण आउन नसकेको जानकारी आएको छ ।’

पिपुल्स इनर्जीका कम्पनी सचिव जनार्दन अर्यालले ठेकेदार कम्पनीका कर्मचारी र कामदार कहिले नेपाल आउने भन्ने यकिन नभएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप