शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली काँग्रेस रुपन्देहीले तीन दिन पार्टीका कुनैपनि कार्यक्रम नगर्ने

शुक्रबार, ०२ फागुन २०७६, १५ : ३४
शुक्रबार, ०२ फागुन २०७६

बुटवल । नेपाली काँग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि नेपाली काँग्रेस रुपन्देहीले तीन दिनसम्म कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने जनाएको छ । 

नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले रुपन्देही निवासी स्वर्गीय नेता उपाध्यायको निधनमा नेपाली काँग्रेस रुपन्देहीले सात दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टीले तीन दिन पार्टीका कुनैपनि कार्यक्रम नगर्ने बताएका हुन् ।

नेपाली काँग्रेस क्षेत्र नं. ५ का क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधि समेत रहेका राष्ट्रियसभा सदस्य उपाध्यायको निधनले पार्टीलाइ अपुरणीय क्षती पुगेको सभापति रज्जाकले बताए । २०४६ सालाको जनआन्दोलनदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहनुभएका उपाध्याय रुपन्देही क्षेत्र नं ५ मा दुई पटक क्षेत्रीय सभपपति भएका थिए ।

२०५४ सालमा रुपन्देहीको साविकको मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए । २०७४ को माघमा राष्ट्रिय सभा सदस्यमा भएका थिए । क्यान्सर रोगबाट पीडित उपाध्यायको ५० वर्षको उमेरमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफनै निवासमा उपाध्यायको आज बिहान निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप