शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललिता निवास प्रकरण : भट्टराई र नेपाललाई किन मुद्दा नचालएको भन्दै सर्वोच्चले माग्यो अख्तियारसँग जवाफ

शुक्रबार, ०२ फागुन २०७६, १४ : ३८
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १५ दिनभित्र जवाफ पेश गर्न माग गरेको छ ।

पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले गरेको रिट दायरको सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफ मागेको हो ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई भनेको छ ।

साथै मुद्दाको गाम्भीर्यता हेर्दा छिटो निर्णय गर्नु पर्ने भएकाले रिटलाई अग्राधिकार दिन पनि भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप