शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट ल्याएकालाई खरिपाटीसम्म लैजान यसरी गरियो अभ्यास (भिडियोमा हेर्नुस्)

शुक्रबार, ०२ फागुन २०७६, १४ : २४
शुक्रबार, ०२ फागुन २०७६

भक्तपुर । कोरोनाभाइरसबाट प्रभावित क्षेत्र चीनको ऊहानबाट ल्याइने नेपालीहरुलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म कसरी पु¥याउने भनेर अभ्यास गरिएको छ ।

चीनबाट ल्याउने नेपाली विद्यार्थीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको कार्यलयमा राख्ने निश्चित भएपछि शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भक्तपुरको खरिपाटीसम्म लैजाने ‘रिहर्सल’ गरिएको हो ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नाराणप्रसाद विडारी लगायतको टोली सहभागी रहेको थियो ।

उनीहरुलाई शुक्रबार राख्ने स्थानको शुक्रबार बेलुकासम्म तयार पार्ने गरी काम भइरहेको छ । उक्त स्थानमा सञ्चारमाध्यमलाई प्रवेश दिइएको छैन ।

 शनिबार दिउँसो ३ बजे नेपाल एयरलाइन्सको बाइडबडी जहाज चीनतर्फ जादैछ । उक्त जहाज आइतबार नेपाल आइपुग्ने छ । खरिपाटीमा १८५ विद्याथीलाई राखिने छ । जसमा ४४ महिला छन् । उनीहरुलाई छुट्छुट्टै राख्ने व्यवस्था मिलाइएको छ । चीन गएर आउने पाइलट लगायत चालक दलका सदस्यहरुलाई भने भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ मा रहेको खानेपानी तालिम केन्द्रको भवनमा राख्ने तयारी भएको छ । उनीहरुलाई त्यहाँ राख्ने भएपछि स्थानीयले विरोध गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप