शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा कैदीबीच प्रेम दिवस मनाइयो

शुक्रबार, ०२ फागुन २०७६, १४ : १०
शुक्रबार, ०२ फागुन २०७६

कैलाली । आज १४ फेब्रुअरी, अर्थात् प्रेम दिवस । प्रेमी–प्रेमिकाले खुलेर माया प्रिती गास्ने दिन ।

कैलालीमा भने फरक किसिमले प्रेम दिवस मनाइएको छ । हेल्प फर ह्याप्पीनेसले एकाबिहानै कैलाली कारगारमा कैदीहरुलाई गुलाफको फूल र चकलेट उपहार दिदैँ प्रेम दिवस मनाएको हो । कारागारका कैदीलाई एक्लो छु भन्ने महसुस हुन नदिन प्रेम दिवस मनाइएको सो संस्थाले जनाएको छ ।

कारागारका चार सय ७८ कैदीबन्दीलाई फूल र चकलेट उपहार दिए दिवस मनाइएको हो । सो संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले कैदीहरुलाई कानूनभन्दा माथि कोही नहुने भएकाले जानी÷नजानी भएका गल्तीको सजाय भोगिरहेका कारण विचलित नहुन पनि आग्रह गरे ।

कैलाली कारागारका जेलर विरेन्द्रबहादुर बोहोराले कैदीबन्दीको पीडा बुझेर प्रेम दिवसमा उनीहरुलाई केही क्षणका लागि सामिप्यता दिएकोमा हेल्फ फर ह्यापीनेस सुदूरपश्चिमलाई धन्यवाद दिए ।

कारागारका सुरक्षा प्रमुख प्रहरी नायव निरीक्षक रामचन्द्र पन्तले प्रेम सबैलाई आवश्यक पर्ने बताए । उनले प्रेमी–प्रेमिकाबीच मात्र नभएर प्रेमले परिवार, समाज र राष्ट्रलाई एकढिक्का बनाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप