शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले संसद्मा शनिबार सम्बोधन गर्ने

शुक्रबार, ०२ फागुन २०७६, १३ : ४४
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । 

राष्ट्रिय सभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण आज शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले जनाकारी दिए ।

आजका लागि तय गरिएको कार्यसूची अर्को बैठकका लागि सारिने भएको हो । आजको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका २ वर्षका उपलब्धीहरुलाई संसदमार्फत सार्वजनिक गर्ने योजना थियो ।

प्रतिपक्षी नेपाली काँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यायको निधनबारे जानकारी गराएको छ ।

प्रतिनिधि सभामा आजका लागि तय गरिएको कार्यसुची भोली बिहान ११ बजे बस्ने बैठकका लागि सारिएको धमलाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप