शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिलिप हत्याको आरोपमा ३ जना जेल चलान, ३ जना धरौटीमा रिहा

शुक्रबार, ०२ फागुन २०७६, १० : ३८
शुक्रबार, ०२ फागुन २०७६

धनुषाको ढल्केवर स्थित औरही खोलामा बालुवा गिट्टी उत्खनन् रोक्न गएका ओमप्रकाश उर्फ दिलीपकुमार महतोलाई योजनावद्धरुपमा टिपरले किचेर हत्या गरेको आरोपमा ३ जनालाई पूर्वपक्षका लागि जलेश्वरस्थित कारागार चलान गरेको छ भने ३ जना आरोपीलाई धरौटीमा रिहा गरेको छ ।

धनुषा जिल्ला आदलतको आदेशमा टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि जेल चलान गरिएको हो ।

पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतो प्रति २५ हजार रुपैया धरौटी बुझाएर साधारण तारेखमा रिहा गरिएको छ ।

धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दिलिपकुमार महतोको हत्यामा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो र सह चालक जितेन्द्र महतोको संलग्नताको आधार, प्रमाण देखिएकाले थुनछेक प्रयोजनका लागि थुनामा राख्ने आदेश दिएको छ ।

घर नजिक रहेको औरही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन रोक्न गएको बेला टिपरले किचेर धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित  श्रीपुरका २४ वर्षीय युवक दिलीप कुमार महतोको हत्या भएको थियो ।

खोला उत्खनन भइरहेको जानकारी पाएपछि गएको २५ पुसको बिहान दिलीपकुमार महतो र उनका साथी रोशनकुमार यादवसँगै खोलामा गएका थिए । यता साथी रोशनकुमार यादवको भने हत्यामा संलग्नता नदेखिएकाले अदालतले सामान्य तारेखमा रिहा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप