शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्ला कानकासुन्दरीका महिलाले पाएनन् सुत्केरी भत्ता

शुक्रबार, ०२ फागुन २०७६, ०८ : ४८
शुक्रबार, ०२ फागुन २०७६

जुम्ला : जुम्लाको कानकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने ‘सुत्केरी भत्ता’ पाउन सकेका छैनन् । उनीहरुले गतवर्षको  भत्ता हालसम्म नपाएकोे बताइएको छ । 

गर्भवतीले चारपटक स्वास्थ्य सस्थामा जाँच गराएबापत रु ८०० र सुत्केरी पश्चात् रु तीन हजार प्राप्त गर्दछन् । गाउँपालिकाबाट बजेट नआएको जवाफ पैसा माग्न जाँदा स्वास्थ्य संस्थाले दिँदै आएको कनकासुन्दरी गाउँपालिका–२ मालिका बोताकी सुनमाया रावतले जानकारी दिइन् ।  

हाड्सिन्जा बर्थिङ सेन्टरमा ३८ र मालिका बोतामाका २१ महिलालाई भत्ता उपलब्ध गराउन गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी पु¥याइएको जनाइएको छ । तर हालसम्म भत्ता नपाएको सुत्केरी आमाले गुनासो राखेका छन् । 

यसैगरी गतवर्ष कात्तिक र वैशाख महिनामा सञ्चालन गरिएका भिटामिन र जुकाको औषधि खुवाएबापत महिला स्वास्थ्य स्वयंसेविकाले पाउनुपर्ने रकम रु ८०० पनि नपाएको महिला स्वयंसेविकाले गुनासो गरेका छन् । 

कनकासुन्दरी गाउँपालिकाका लेखापालक गोपाल बुढाले गत वर्ष बजेट अभाव भएको र यो वर्ष पनि बजेट ढिलो आएको हुनाले समयमा  सुत्केरी भत्ता दिन नसकेको बताए ।  उनले केही दिनभित्र सबै सुत्केरी आमा र महिला स्वयंसेविकाले भत्ता पाउने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप