शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चाहरुलाई खोप नदिएको पश्चातापमा डाक्टरले गरे आत्महत्या, सुसाइड नोटमा लेखे कारण

शुक्रबार, ०२ फागुन २०७६, ०७ : २३
शुक्रबार, ०२ फागुन २०७६

अमेरिकाको सिकागोमा एक डाक्टरले आत्महत्या गरेका छन् । उनले आफू पछिल्लो एक दशकदेखि खोप विरोधी भएको सुसाइड नोटमा लेखेका छन् ।

बाल रोग विशेषज्ञ भान कोइनिसले बच्चाहरुलाई खोप नदिएको पनि हुनसक्ने कुक काउन्टी सेरिफ अफिसले अनुमान गरेको छ ।

उनलाई आफ्नो व्यवहारप्रति अत्यधिक पश्चाताप भएको लेखिएको तर उनको नोट अस्पष्ट भएकोसमेत बताइएको छ ।

कतै निकै रुचाइएका बाल रोग विशेषज्ञले विद्यालयका लागि आवश्यक खोप विवरणको नक्कली कागजपत्रसमेत बनाएका छन् कि भनेर अधिकारीले अनुुसन्धान गरिरहेका छन् ।

डा. कोइनिसले पछिल्लो एक दशकमा आफू खोपको विरोधी भएको पनि जानकारी दिएका छन् ।

‘आफूले जे गरे त्यसमा उनले अत्यधिक पश्चाताप व्यक्त गरेका छन् र उनले सुसाइड नोटमा यही एउटा मात्रै कारण लेखेका छन् । मात्रै यही एउटा कारण,’ सिकागो कुक काउन्टी सेरिफ टोम डार्टले बताए ।

‘यहाँ सबैभन्दा ठूलो मुद्दा भनेका ती अभिभावक हुन् जसले आफ्ना सन्तानको खोप पूर्ण भएको त ठानेका छन् । तर वास्तवमा त्यो पूरा भने नभएको पनि हुनसक्छ,’ सेरिफ डार्टले सिकागो सन–टाइम्सलाई भने ।

डा. कोइनिसका पूर्व ग्राहकलाई आफ्ना डाक्टरसँग खोपको रेकर्डबारे कुरा गर्न आग्रह गरिएको छ ।

रक्त परीक्षण गर्दा केही खोप लगाइएको, नलगाइएको बारे पत्ता लाग्ने भएपनि सबै खोपबारे जानकारी लिन नसक्ने युएस सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले बताएको छ ।

 गत वर्ष सेप्टेम्बरमा आत्महत्या गरेका डा. कोइनिस आफ्नो समुदायमा निकै चर्चित थिए । उनीबारे हजार बढी रिभ्यु गरिएको थियो भने फिजिसियन र्‍याङ्किङ फोरममा उनलाई फाइभ स्टार रेटिङ दिइएको थियो ।

उनीबारे पछिल्लो विवरण सार्वजनिक भएपछि धेरै अभिभावकले रोष प्रकट गरेका छन् ।

‘मेरा सन्तान र मैले उनलाई धेरै माया गर्दथ्यौं । उनी हाम्रो परिवारका एक सदस्य झैं थिए,’ एक महिलाले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् । उनले विगत २३ वर्षदेखि ती डाक्टरलाइै विश्वास गर्दै आएको बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप