शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकद्वारा फूड फर लाईफ नेपाललाई सहयोग

बिहीबार, ०१ फागुन २०७६, १६ : ३१
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं– कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फूड फर लाईफ नेपाल नामक एक गैरसरकारी, परोपकारी संस्थालाई सहयोग पुर्याएको छ । 

उक्त संस्थाले न्यून आम्दानीका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजनको प्रावधान पुर्याउँदै आएको छ । उक्त संस्थाको सराहनीय प्रयत्नलाई प्रोत्साहन स्वरूप बैंकले पाँच लाखको सहयोग पुर्याएको छ । 

पर्याप्त पोषणको कमीमा बालबालिकाको शैक्षिक नतिजा एवं समग्र विकासमा पर्न जाने नकारात्मक असरलाई कम गर्नेे उद्देश्यले बैंकले सो सहयोग पुर्याएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले फूड फर लाईफ नेपालकी अपरेशन प्रमुख अपरा थापा भट्टराईलाई एक समारोह माझ उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप