शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एपीएफ र ब्रिगेडको बराबरी

बिहीबार, ०१ फागुन २०७६, १४ : ३८
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं । विभागीय टोली एपीएफ क्लब र ब्रिगेड ब्वाईज क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स मैदानमा बिहिबार भएको लिगको आफ्नो अन्तिम खेलमा एपीएफ र ब्रिगेडले १–१ गोलको बराबरी खेले ।

एपीएफका लागि आशिष लामाले सुरुवाती गोल गरेका थिए । आशिषले ४४औं मिनेटमा नविन लामाको पासमा हेडमार्फत गोल गरेका थिए । आशिष  लिगमा सर्वाधिक गोल गर्न खेलाडीको समेत शीर्ष स्थानमा छन् । आशिषले नौ गोल गरेका छन् ।

खेलको अन्तिममा सम्हालिन नसक्दा एपीएफले अंक बाँडेको हो । दोस्रो हाफको इन्जुरी समयमा ब्रिगेडका विजय गुरुङले गोल गर्दै खेललाई बराबरीमा सकेका थिए । सुरुवाती खेलमा कमजोर प्रदर्शन गरेको एपीएफ र ब्रिगेड दुई खेल अघिसम्म रेलिगेसनको चपेटामा देखिएका थिए । दुई खेलअघि दुवै टोलीले रेलिगेसन जोगाएका थिए ।

एपीएफका नविन लामा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै १३ खेबाट ९ अंक बनाएको एपीएफ १२ औं स्थानमा रह्यो । समान नौ अंक बनाएको ब्रिगेडले १३औं स्थानमा रहँदै लिगको अन्त्य गर्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप