शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रेन्ड्समाथि पुलिसको सहज जित, जुमानुको ह्याट्रिक

बिहीबार, ०१ फागुन २०७६, १३ : ११
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं । भेट्रान्स स्ट्राइकर जुमानु राईले ह्याट्रिक गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिन लिग फुटबलमा फ्रेन्ड्स क्लबमाथि सहज जित निकालेको छ ।

 एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको लिगको आफ्नो अन्तिम खेलमा पुलिसले फ्रेन्ड्सलाई ३–० गोलले हरायो । 

पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफमा गाल रहित बराबरीमा रोकिएको पुलिसले सबै गोल दोस्रो हाफमा गरेको थियो । ४९औं मिनेटमा हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका जुमानुले लगत्तै गोल गरेका थिए । उनले ५६औं र ८५औं मिनेटमा गोल गर्दै पुलिसको जित सहज बनाए । जुमानु म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पनि पाए । 

जितसँगै पुलिस तालिकाको पाँचौं स्थानमा छ । पुलिसले १३ खेलबाट २० अंक बनाएको छ । १४ अंक बनाएको प्mेन्ड्स १०औं स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप