शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन बैङ्क २ अर्ब क्लबमा : अरु बैङ्कको अवस्था कस्तो ?

ठूला बैङ्कको ‘अधोगति’ले बैंकिङ क्षेत्र प्रभावित, नाफा वृद्धि सुस्त
बिहीबार, ०१ फागुन २०७६, १२ : २४
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं । वाणिज्य बैङ्कहरुको नाफा वृद्धिदर एक अंकमा एकोहोरो अंकमा झरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २७ ओटा वाणिज्य बैङ्कले ३२ अर्ब ७५ करोड रुपैंया नाफा कमाउँदा उक्त वृद्धिदर ८.७५ प्रतिशतमा सीमित भएको देखिएको हो । अघिल्लो आर्थिक वर्षको सोही समयमा बैङ्कहरुको नाफा ३० अर्ब ११ करोड रुपैंया मात्रै थियो ।

२७ वाणिज्य बैङ्कहरुमध्ये ३ ओटा बैङ्ककको नाफा २ अर्ब भन्दा माथि छ । ती बैङ्कहरुमा राष्ट्रिय वाणिज्य बैङ्क, नबिल बैङ्क र एनआइसी एशिया बैङ्क छन् ।

त्यस्तै, ६ ओटा बैङ्कको नाफा डेढ अर्बदेखि २ अर्बको बीचमा छ । ती बैङ्कहरुमा नेपाल हिमालयन बैङ्क, ग्लोबल आईएमई बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क, एनएमबि बैङ्क, कृषि विकास बैङ्क, र एभरेष्ट बैङ्क छन् ।

नेपाल बैङ्क, प्राइम कमर्सियल बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, सानिमा बैङ्क, प्रभु बैङ्क, सिद्धार्थ बैङ्क र नेपाल एसबीआई बैङ्कको नाफा भने १ अर्बभन्दा माथि र डेढ अर्बभन्दा कम छ ।

बाँकी ११ बैङ्कको नाफा १ अर्बभन्दा पनि कम छ । ती बैङ्कहरुमा मेगा बैङ्क, सनराइज बैङ्क, लक्ष्मी बैङ्क, बैङ्क आफ काठमाण्डू, माछापुच्छ्रे बैङ्क, नेपाल बंगलादेश बैङ्क, कुमारी बैङ्क, एनसीसी बैङ्क, सिटिजन्स बैङ्क, सञ्चुरी बैङ्क र सिभिल बैङ्क छन् । 

 

कुन बैङ्कको वृद्धिदर कति ?

यो वर्ष सबैभन्दा बढी नाफा बढाउने बैङ्क एनएमबि बैङ्क बनेको छ । सो बैङ्कको नाफा अघिल्लो वर्ष भन्दा ४७ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ । यो नाफामा मर्जर हुनुअघि ओम बैङ्कले कमाएको यो वर्षको नाफा समावेश छैन ।

त्यस्तै, ग्लोबल आईएमईको नाफा ३७ प्रतिशतले बढेको छ । यसमा पनि जनता बैंंकको मर्जर हुनुअघिको नाफा जोडिएको छैन । एनआईशी एशिया बैङ्कले पनि आफ्नो नाफा ३३ प्रतिशत बढाएको छ ।

त्यस्तै, मेगा बैङ्क, हिमालयन बैङ्क, सेञ्चुरी बकर्शियल बैङ्क, लक्ष्मी बैङ्क, कृषि विकास बैङ्क र प्राइम कमर्शियल बैङ्कले नाफालाई २० प्रतिशत भन्दा बढीले बढाएका छन् ।

बैङ्क अफ काठमाण्डू, सनराइज बैङ्क, कुमारी बैङ्क र सानिमा बैङ्कको नाफा २० प्रतिशत भन्दा कम भए पनि दोहोरो अंकमै छ ।

त्यसबाहेक ६ ओटा बैङ्कहरु स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, एभरेष्ट, माछापुच्छ्रे, प्रभु, एनसीसी र नेपाल बंगलादेश बैङ्कको नाफा सामान्य बढेको छ । ती बैङ्कहरुको नाफा बढे पनि त्यो दर १० प्रतिशत भन्दा कम छ ।

तर, नेपाल एसबीआई बैङ्क, सिद्धार्थ बैङ्क, नबिल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, सिटिजन्स बैङ्क, सिभिल बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क र नेपाल बैङ्कले भने अघिल्लो वर्षको तुलनामा आफ्नो नाफा घटाएका छन् ।

नाफा घटेका राष्ट्रिय वाणिज्य बैङ्क, नबिल बैङ्क, नेपाल बैङ्क, नेपाल एसबीआई बैङ्क जस्ता बैङ्कहरु निक्षेप र कर्जाको आकारका आधारमा ठूला बैङ्कमा पर्दछन् । ती बैङ्कहरुकै नाफा घट्दा समग्र बैंकिङ क्षेत्र दोहोरो वृद्धि हासिल गर्नबाट चुकेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप