शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक चौकी आक्रमण : थप एकजना पक्राउ

बिहीबार, ०१ फागुन २०७६, १० : १४
बिहीबार, ०१ फागुन २०७६

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित प्रहरी चौकी तिपेनीमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन् ।
 
पक्राउ पर्नेमा टोलीले मेलम्ची नगरपालिका–९ सुनखानीका ३३ वर्षीय लोकेन्द्र तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख फलबहादुर तामाङका अनुसार लाकेन्द्र तामाङलाई आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो । 

गत माघ २५ गते मध्यराति १०/१२ जनाको अज्ञात समूहले मापसे गरेर हो–हल्ला गर्दै हिँडेको बेला चौकी आक्रमण गरेको थियो । आक्रमणबाट तिपेनी चौकीका प्रहरी प्रमुख (असई) सन्तोष कुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका थिए । 

आक्रमणबाट प्रहरी चौकी भवनको झ्याल, सिसालगायत फुटेको छ । प्रहरीले आक्रमणकारी मध्येका सुनखानीकै सोम थिङलाई तत्कालै पक्राउ गरेको थियो । 

प्रहरी चौकीमा आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको थियो । प्रहरी चौकीमा आक्रमण भएको घटना थाहा पाउनेबित्तिकै सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जन सोही दिन रातारात घटनास्थलमा पुगेका थिए ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप