शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी बाँचिरहेको छ कोरोनाभाइरसको केन्द्रविन्दु उहान, तस्विरमा हेर्नुहोस्

बिहीबार, ०१ फागुन २०७६, ०९ : २२
बिहीबार, ०१ फागुन २०७६

चीनका स्वास्थ्य अधिकारीका अनुसार कोरोनाभाइरस प्रकोप (कोभिड–१९) बाट बुधबार एकै दिन २४२ को मृत्यु भयो । मर्ने सबै प्रकोपको उद्गमस्थल हुवेई प्रान्तका छन् ।

योसँगै प्रकोपबाट मर्नेको संख्या १३६२ पुगेको छ । प्रान्तका स्वास्थ्य आयोगका अनुसार बुधबार मृतकको संख्यामा मात्र होइन नयाँ विरामीको संख्यामा पनि उलेख्य वृद्धि देखियो । आयोगका अनुसार बुधबार मध्य–रातअघिको २४ घण्टामा १४,८४० नयाँ कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

प्रकोपको उद्गमस्थल हुवेई प्रान्तको स्वास्थ्य आयोगले जारी गरेको एक वक्तव्य अनुसार नयाँ चिकित्सकीय विधिबाट समेत विरामी पहिचान गर्न थालिएको छ ।

अघिल्लो हप्ता सरकारी संचारमाध्यमले हुवेईले प्रकोपको पुष्टि गर्नको लागि सीटी स्क्यान प्रयोग गर्न थाल्ने बताएको थियो । यसबाट अस्पतालमा संक्रमितलाई अलग्याउन सहज हुने तिनले बताएका थिए ।

कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या चीनमा ५९,६५१ पुगेकोमा त्यसमध्ये ४८,२०६ जना हुवेई प्रान्तका मात्र छन् ।

त्यस्तै चीनबाहिर हालसम्म ४४५ जना संक्रमित भएका छन् । चिनियाँ अधिकारीका अनुसार हुवेई प्रान्तबाहिर भने विगत आठ दिनदेखि नयाँ संक्रमित देखिन क्रम घटिरहेको छ । त्यस्तै उपचारमा रहेकामध्ये ५ हजार ६ सय ४६ निको भएर घर फर्किएका छन् ।

कोरोनाभाइरसको उद्गमथलो उहान सबैभन्दा बढी पीडित छ । यो क्षेत्रको सम्पर्क बाहिरी विश्वबाट टुटेको छ । मानिसहरु अधिकांश समय घरभित्र त्रासबीच बाँच्न बाध्य छन् । त्यहाँ कसरी दैनिक जीवन बितिरहेको छ भनेर रोयटर्सका फोटोपत्रकारले क्यामारामा कैद गरेका छन्, हेरौँ तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप