शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्टरलाई नापोलीको झट्का

बिहीबार, ०१ फागुन २०७६, ०९ : १३
बिहीबार, ०१ फागुन २०७६

इन्टर मिलानलाई कोपा इटालिया कप फुटबलमा नापोलीको नमिठो झट्का लागेको छ । 

घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलको पहिलो लेगमा इन्टर मिलान नापोलीसँग १–० गोलले पराजित भयो । 

इन्टरलाई हार चखाउन नापोलीका फाबियन रुइजले गोल गरे । फाबियनले ५७औं मिनेटमा गरेको गोलनै पाहुना टोलीको जितमा प्रयाप्त बन्यो । 

इन्टरले लगातार गोलको अवसर बनाए पनि सदुपयोग गर्न सकेन । यस जितसँगै नापोलीको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेग आगामी मार्च ५ तारिख नापोलीको मैदानमा हुनेछ । 

नापोलीलाई अब घरेलु मैदानमा बराबरी खेले पुग्नेछ । तर इन्टरलाई जितको विकल्प छैन । अर्को सेमिफाइनलको पहिलो लेगमा आज (बिहिबार) राति युभेन्ट्स र एसी मिलान भिड्दैछन् । यस खेल मिलानको मैदानमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप