शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट स्वदेश ल्याइने नेपालीले सुरुमै मान्नुपर्छ यस्ता ६ सर्त

बुधबार, २९ माघ २०७६, १९ : ४६
बुधबार, २९ माघ २०७६

काठमाडौं । चीनबाट नेपाल ल्याइने नेपालीहरुले ६ बुँदे सर्त पालना गनुपर्ने भएको छ । बेइजिङस्थित नेपाली दूतावासले अघि सारेका ६ बुँदे सर्त पालना गरे मात्रै उनीहरु स्वदेश फिर्ता हुन पाउने भएका हुन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वदेश ल्याइने नागरिकले क्वारेन्टाइनमा बस्दा ६ बुँदे शर्त पालना गर्नुपर्ने प्रावधान राखिएको हो ।

उनीहरुले पालना गर्नुपर्ने पहिलो सर्त चीनको हुवेइबाट नेपाल आएलगत्तै सरकारले तयार गरेको सुरक्षित क्वारेन्टाइन एरियमा १४ देखि १७ दिन वा सो चन्दा बढी बस्नुपर्छ । दोस्रो सर्त, उनीहरुले इभ्याक्युसन पश्चात मात्रै नेपाल आउनुपर्छ । तेस्रो  सर्त क्वारेन्टाइनमा करिब ६०  वटा कोठाहरुमा उचित दुरीको फरकमा सामुहिक रुपमा बस्नुपर्ने हुन्छ र ६ जनाले १ शौचालय प्रयोग गर्ने गरी बस्नुपर्ने हुन्छ । 

चौँथो सर्त, क्वारेन्टाइनमा बस्दा आफ्न्तहरुसँग भेटघाट गर्न पाइने छैन । पाचौँ सर्तमा क्वारेन्टाइनमा रहँदा सहजता र आरामका लागि सकेसम्म व्यवस्थित र हेण्ड हाईजिन, रेस्पिरेटरी हाइजिनलाई बढी असरदार बनाउने प्रयत्न गरिएको छ । छैटौ सर्तमा क्वारेन्टाइनमा रहँदा त्यहाँ दिइएका हरेक नियम (रुम रुल्स, रेस्ट रुम रुल्स, फुड रुल्सहरु पालना गर्नुपर्नेछ । यसरी स्वदेश आउने नेपाली नागरिकले दूतावासको ६ शर्तमा हस्ताक्षर गरेमात्रै आउन पाइने जनाइएको छ ।  चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि त्यहाँ रहेका रहेका करिब २ सय नेपालीहरुलाई सरकारले फागुन ३ गते स्वदेश ल्याउने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप