शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुन्डा नाइके मिलन लामा पक्राउ

बुधबार, २९ माघ २०७६, १९ : ११
बुधबार, २९ माघ २०७६

काठमाडौं । प्रहरीले गुन्डा नाइके मिलन लामालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत महाराजगन्जको प्रहरी टोलीले बुधबार काठमाडौंको चक्रपथबाट लामालाई पक्राउ गरेको हो । काठमाडौं टोखा, सामाखुसी र नुवाकोट जिल्लालाई आधार बनाई गुन्डागर्दी गर्ने लामा नुवाकोट शिबपुरि गाउँपालिका ३ का स्थायी बासिन्दा हुन् ।

काठमाडौंको टोखा–चन्डेश्वरी बस्ने ३७ वर्षीय लामामाथि थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत महाराजगन्जका डिएसपी उमेश लम्सालले जानकारी दिए । लामा पहिलेनै हातहतियार  खरखजाना मुद्दामा २०६७ सालमा प्रहरी बृत बालाजु र २०७० सालमा ज्यान मार्ने उद्योग अन्तरगत प्रहरी बृत महाराजगन्जले मुद्दा चलाई सजाय पाइससकेका अभियुक्त हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप