शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालले कीर्तिमान रच्दा जे देखियो, तस्विरमा हेर्नुहोस्

बुधबार, २९ माघ २०७६, ११ : ५९
बुधबार, २९ माघ २०७६

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिसीय क्रिकेटमा नेपालले विश्व कीर्तमानै कीर्तिमान  रचेको छ । टियु मैदान कीर्तिपुरमा बुधबार नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बनाएको हो । नेपालले अमेरिकालाई आठ विकेटले पराजित गर्न सफल भयो ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि पारस खड्काले अविजित २० रन बनाए । पारसले १२ बलमा तीन चौका र एक छक्का हानेका थिए । दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए । उनले ११ बलमा दुई चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका थिए । ज्ञानेन्द्र मल्ल एक र सुवास खकुरेल शून्यमा आउट भए । नेपालको यो एकदिवसीयमा सर्वाधिक छिटो जित पनि हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा सवै विकेटको क्षतिमा ३५ रनमा समेटियो । यो एकदिवसीयको सर्वाधिक कम रनको योगफल हो । यसअघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । नेपालले १५ बर्षपछि उक्त कीर्तिमान तोडेको छ ।

अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ विकेट लिए । उनले ६ ओभरमा एक मेडन राखेर १६ रन खर्चेर खर्चिएका थिए । सन्दीपको यो करिअरकै उच्च प्रर्दशन पनि हो । नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका थिए । सुशन भारीले चार विकेट लिए । सुशनले तीन ओभरमा एक मेडन राखेर पाँच रन खर्चिएका थिए ।

अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । प्राय ब्याट्सम्यान शुन्य रनमा पेभेलियन फर्किए ।

यसैगरी यसै खेलबाट नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पनि पहिलो श्रोणीको क्रिकेटमा ५० खेल पूरा गरेका छन् । ज्ञानेन्द्र पहिलो श्रोणीका सर्वाधिक खेल खेल्ने खेलाडी पनि बने । ज्ञानेन्द्रले पहिलो श्रोणीका एक हजार एक सय ४८ रन बनाएका छन् । जसमा उनको ६ वटा अर्धशतक छ । नेपालका लागि पहिलो श्रेणीका सर्वाधिक रन बनाउने खेलाडी भने पूर्व कप्तान पारस खड्का हुन् । पारसले ४४ खेल खेल्दै एक हजार चार सय ९७ रन बनाएका छन् । जमास तीन सतक र नौ अर्धशतक सामेल छ ।

अमेरिकाविरुद्धको दोस्रो जिसँगै सिरिजमा नेपालले चार अङ्क बनाएको छ । नेपाल छैटौं स्थानमा छ । सिरिजको शीर्ष स्थानमा रहेको ओमनले १० खेलबाट १६ अङ्क छ । दोस्रो स्थानमा रहेको अमेरिकाको १२ खेलबाट १२ अङ्क छ । सात राष्ट्र सहभागी लिग–२ मा नेपाल, अमेरिका र ओमनसहित स्कटल्यान्ड, युएई, नामिविया र पपुवा न्युनिगी छन् । अहिलेसम्म स्कटल्यान्ड नौ अङ्क सहित तेस्रो स्थानमा छ । नामिवियाको आठ र युएईको सात अङ्क छ । पपुवा न्युगिनी अङ्कविहिन छ । लिगमा हरेक टोलीले ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने छन् । जसबाट शीर्ष तीनमा रहने टोली सन् २०२३ को विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप