अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले अमेरिकाविरुद्ध शानदार जित हासिल गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकालाई नेपाली बलरले घातक बलिङ गर्दै १२ ओभरमै अलआउट गर्दा अमेरिकाले ३५ रनमात्र बनाउन सकेको थियो । यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोर हो । यसअघि जिम्बाब्वे पनि श्रीलङ्का विरुद्ध सन् २००४ मा १८ ओभरमा ३५ रनमा नै समेटिएको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिएका थिए भने सुशान भारीले ४ विकेट लिए ।
३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले पाँच ओभर दुई बलमा दुई विकेट गुमाएर जित हासिल गरेको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ र पारश खड्काले २० रन बनाए ।
योसँगै नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक शृङ्खला समाप्त भएको छ । प्रतियोगितामा नेपालले दुई जित र दुई हार व्यहोर्दा ओमानले चार जित हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य