बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सामसङ ग्यालेक्सीको S20 सिरिज सार्वजनिकः सेल्फी क्यामरा नै ४० एमपीको, यस्ता छन् विशेषता

बुधबार, २९ माघ २०७६, ०९ : ४७
बुधबार, २९ माघ २०७६

दक्षिण कोरियाको दिग्गज टेक कम्पनी सामसङले आफ्नो ग्यालेक्सी एस२० सिरिज सार्वजनिक गरेको छ । सान फ्रान्सिस्कोमा आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्टमा तीन स्मार्टफोन ग्यालेक्सी एस२०, ग्यालेक्सी एस२० प्लस र ग्यालेक्सी एस२० अल्ट्रा लञ्च गरिएको हो ।

यी तीनै फोन उत्कृष्ट क्यामरा, 8K रेकर्डिङ र 120Hz रिफ्रेश रेट भएको डिस्प्लेसहित आउँछ । यी तीन फोनका अन्य विशेषताबारे जानकारी लिऔं ।

सामसङ ग्यालेक्सी एस२० का विशेषताः

फोनमा ६.२ इन्चको क्वाड एचडी+ डाइनामिक AMOLED 2x डिस्प्ले दिइएको छ । फूल एचडी रिजोलुशन भएको यो फोन 120Hz को रिफ्रेश रेटसहित आउँछ । फोनको डिस्प्ले  HDR10+ सर्टिफाइड हो । ८ जीबी र १२ जीबी ‍र्‍याम अप्सनमा आउने यो स्मार्टफोन १२३ जीबीको इन्टरनल स्टोरेजसहित लञ्च गरिएको छ । फोनको मेमोरीलाई माइक्रो एसडी कार्डको मद्दतले १ टिबीसम्म बढाउन सकिन्छ ।

फोटोग्राफीका लागि ग्यालेक्सी एस२० मा ट्रिपल रियर क्यामरा सेटअप दिइएको छ । यसमा ६४ मेगापिक्सलको प्राइमरी सेन्सरसहित १२ मेगापिक्सलको वाइड एंगल लेन्स र एउटा १२ मेगापिक्सलको अल्ट्रा–वाइड एंगल लेन्स दिइएको छ । क्यामरा 30x को डिजिटल जूम र 3x को हाइब्रिड अप्टिकल जूमसहित आउँछ । यस्तै, सेल्फीका लागि यो फोनमा तपाईंले १० मेगापिक्सलको क्यामरा पाउनुहुन्छ । फोनलाई पावर दिनका लागि यसमा २५ वाटको फास्ट चार्जिङसहित 4000mAh को ब्याट्रि दिइएको छ ।

ग्यालेक्सी एस२० प्लसका विशेषताः

एस२० प्लस ६.७ इन्चको क्वाड एचडीप्लस डाइनामिक AMOLED 2x डिस्प्ले र 120Hz को रिफ्रेश रेटबाट सुसज्जित छ । यो फोनको डिस्प्ले पनि HDR10+ सर्टिफाइड हो । फोनलाई 8जीबी+128जीबी    र  ज्ञ12जीबी+512 जीबीको र्‍याम र स्टोरेज भेरियन्टमा लञ्च गरिएको छ । आवश्यकता पर्दा फोनको मेमोरीलाई माइक्रो एसडी कार्डको मद्दतले १ टिबीसम्म बढाउन सकिन्छ ।

फोटोग्राफीका लागि फोनको रियरमा चारवटा क्यामरा दिइएको छ जसमा ६४ मेगापिक्सलको प्राइमरी क्यामरा राखिएको छ । अन्य रियर क्यामरामा १२ मेगापिक्सलका दुई क्यामरासहित एउटा डेप्थ सेन्सर पनि दिइएको छ । सेल्फीका लागि यसमा १० मेगापिक्सलको फ्रन्ट क्यामरा दिइएको छ । फोन 4500mAh को ब्याट्रिसहित आउँछ जुन २५ वाटको फास्ट चार्जिङलाई सपोर्ट गर्छ ।

 ग्यालेक्सी एस२० अल्ट्रा स्पेसिफिकेशनः

ग्यालेक्सी एस २० सिरिजमा यो सबैभन्दा प्रिमियम भेरियन्ट हो । फोनमा 100x डिजिटल जूमसहित 108 मेगापिक्सलको प्राइमरी क्यामरा दिइएको छ । स्क्रिनको कुरा गर्ने हो भने फोनमा ६.९ इन्चको क्वाड एचडी+डाइनामिक AMOLED 2x डिस्प्ले दिइएको छ । अन्य दुई स्मार्टफोनजस्तै यो पनि 120Hz रिफ्रेश रेट र HDR10+ सर्टिफिकेशनसहित आउँछ ।

फोनको दुई र्‍याम अप्सन १२ जीबी र १६ जीबीमा पेश गरिएको छ । यो तीन स्टोरेज भेरियन्ट – १२८ जीबी, २५६ जीबी र ५१२ जीबीमा आउँछ । मेमोरीलाई माइक्रो एसडी कार्डमार्फत् १ टिबीसम्म बढाउन सकिन्छ ।

क्यामराको कुरा गर्ने हो भने फोनमा १०८ मेगापिक्सलको प्राइमरी सेन्सरका साथै ४८ मेगापिक्सलको टेलिफोटो लेन्स, १२ मेगापिक्सलको अल्ट्रा–वाइड एंगल लेन्स र एउटा डेफ्ट सेन्सर पनि दिइएको छ । सेल्फीका लागि यो फोनमा ४० मेगापिक्सलको क्यामरा दिइएको छ । फोनलाई पावर दिनका लागि यसमा 5000mAh को ब्याट्रि छ जसले ४५ वाटको फास्ट चार्जिङ सपोर्टसहित आउँछ ।

मूल्यः

मूल्यका कुरा गर्ने हो भने ग्यालेक्सी एस२० लाई ९९९ डलर (करिब १ लाख १३ हजार रुपैयाँ)को सरुवाती मूल्यसहित लञ्च गरिएको छ । यस्तै, ग्यालेक्सी एस२० प्लस ११९९ डलर (करिब १ लाख ३६ हजार रुपैयाँ) र ग्यालेक्सी एस२० अल्ट्रा १३९९ डलर (करिब १ लाख ५९ हजार रुपैयाँ) को सुरुवाती मूल्यसहित लञ्च गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप