बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्ज सुक्खा बन्दरगाहको ठेक्का रकम ४ गुणा बढ्यो

बुधबार, २९ माघ २०७६, ०६ : ५३
बुधबार, २९ माघ २०७६

डेढ दशकमा वीरगञ्ज सुख्खा बन्दरगाहको ठेक्का रकम ४ गुणा बढेको छ । सन् २००४ मा ५३ करोड रुपैयाँमा लागेको बन्दरगाह व्यवस्थापनको ठेक्का रकम आगामी ५ वर्षका लागि कम्तीमा २ अर्ब ४० लाख रुपैयाँ राखेर आह्वान गरिएको छ ।

ठेक्काका लागि पाँचओटा भारतीय कम्पनीले आवेदन दिएको नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) का उपनिर्देशक हरेकृष्ण मिश्रले बताए । मिश्रका अनुसार अहिले ती कम्पनीको प्रस्ताव अध्ययन भइरहेको छ ।

भारतीय रेलवेको भगिनी संस्था भारतीय कन्केटर निगम लिमिटेड (कोन्कर) पनि यस पटक प्रतिस्पर्धा गरेको छ । अहिले यो बनदरगाह कोन्करको ४० प्रतिशत साझेदारी रहेको हिमालयन टर्मिनलले सञ्चालन गरिरहेको छ । यो कम्पनीले सन् २००४ देखि बन्दरगाह सञ्चालन गर्दै आएको छ ।

यसपटक आम्दानी लिजिस्टिक्स लिमिटेड, प्रिस्टाइन लिजिस्टिक्स, जेएम बक्सी समूह र अपना लिजिस्टिक सोलुसन–जगदम्बा जेभीले पनि टेन्डर हालेको एनआइटीडीबीले बताएको छ ।

यो खबर आजको आर्थिक अभियानमा ओमप्रकाश खनालले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप