शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मानवीय त्रुटिले ९० प्रतिशत दुर्घटना’

मङ्गलबार, २८ माघ २०७६, २१ : ०८
मङ्गलबार, २८ माघ २०७६

सिरहा । प्रदेश नं. २ का ट्राफिक प्रहरी प्रमुख एसपी श्याम महतोले ९० प्रतिशत दुर्घटना असावधानीका कारण हुने गरेको बताएका छन् ।

सिरहाको गोलबजारमा मंगलबजार आयोजित दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक जनचेतना कार्यक्रममा एसपी महतोले चालकले सावधानी अपनाउन सके धेरै दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । गत वर्षको तुलनामा यसवर्ष सिरहामा सवारी दुर्घटनाका घटना १५ प्रतिशतले बढेको सो अवसरमा एसपी महतोल बताए । 

सिरहामा यस वर्षको असार देखि अहिलेसम्म सवारी दुर्घटनामा ९६ जनाको मृत्यु भएको छ भने ३ जना ३० जना घाइते भएका छन् । जसमध्ये ८८ प्रतिशत दुर्घटना मानवीय त्रुटिको कारण भएको बताइएको छ ।
एसपी महतोले दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि भएकोले सचेतनाको जरुरी भएको बताए । उनले भने, ‘सवारी दुर्घटना विभिन्न कारणले हुन सक्छ’, तर मुख्य कारण चालककै लापरवाहीले भएको हुँदा चालक नै सचेत हुनु जरुरी छ ।’
बढी दुर्घटना राजमार्ग र ग्रामीण भेगमा हुने गरेको र त्यसमध्ये पनि मोटरसाइकलका दुर्घटना बढी हुने गरेको जनाइएको छ । 

प्रदेश नं. २ मा सवारीको चाप, सडक सञ्जालको आधारमा ट्राफिक प्रहरी पनि कम रहेको उनले बताए । यस प्रदेशमा ३ सय ९८ जना मात्र ट्राफिक प्रहरी रहेका छन् । 

     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप