मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङ तेस्रो स्थानमा

मङ्गलबार, २८ माघ २०७६, १९ : ३२
मङ्गलबार, २८ माघ २०७६

काठमाडौं । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब शहिद स्मारक ‘ए’ डिभिजन डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा मनाङले नेपाल पुलिस क्लबलाई २–० गोलले हरायो । मनाङको जितमा विमल राना र अन्जन बिष्टले एक एक गोल गरे । मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो । 

विमलले ३२ औं मिनेटमा पहिलो गोल गरेका थिए । ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई जिताए । पुलिस ९० औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । विशाल बस्नेतले रातो कार्ड पाउँदै बाहिरिएका थिए । पुलिसको प्रहारका बाधब बनेका मनाङका गोल रक्षक दिप कार्की म्यान अफ दी म्याच भए ।

 उनले १० हजार रुपैयाँ पाए । जितसँगै तेस्रो स्थानमा रहेको मनाङले १२ खेलबाट २५ अंक बनाएको छ । मनाङको उपाधि होडबाट भने बाहिरिसकेको छ । १७ अंक बनाएको पुलिस छैटौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप