भ्रष्टाचारको महारोग अन्त गर्न पहिले हामी आफैँ प्रतिबद्ध हुनुपर्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता दोहोयाएका छन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, म भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न् ।’
प्रधानमन्त्री ओलीले अहिले इमान खस्कँदो अवस्थामा रहेको बताउँदै भ्रष्टाचारमा निर्लज्जता थपिएको समेत बताए । उनले इमान खस्कँदो अवस्थामा पहिले आफैंप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई पक्षधरताको विषय बनाइन नहुनेमा समेत जोड दिए । सरकारले आयोगहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिने बताउँदै उनले भने, ‘सरकार आयोगहरूलाई स्वतन्त्र ढङ्गले काम गर्न दिन्छ र हष्तक्षेप वा निर्देशन दिँदैन, भ्रष्टाचारको महारोग अन्त गर्न पहिले हामी आफैँ प्रतिवद्ध हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’
-
स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढुवा गर्ने सरकारको निर्णय
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन