बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा भएको छ : मन्त्री ढकाल

मङ्गलबार, २८ माघ २०७६, १७ : ३१
मङ्गलबार, २८ माघ २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनको हुवान शहरमा भएका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी  पूरा भएको बताएका छन् । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मगंलबार सांसदहरुको प्रश्नको जवाफमा मन्त्री ढकालले चीनबाट नेपाली नागरिकलाई छिटै नेपाल ल्याइने बताए ।

मन्त्री ढकालले हुवानबाट नेपाली नागरिक छिटै ल्याउने भने पनि कहिलेसम्म स्वदेश ल्याउने भन्ने बारेमा मिति तय नभएको बताए । चीनबाट पहिलो चरण १ सय ८५ जना विद्यार्थीलाई स्वदेश ल्याउने तयारी भैरहेको समेत उनले बताए । मन्त्रीका ढकालका अनुसार चीनबाट स्वदेश ल्याइएकाहरुलाई राख्नका लागि भक्तपुरस्थित खरिपाटीमा १ सय ९९ वटा ‘क्यारेन्टाइन’ कोठाको व्यवस्थापन गरिएको छ ।  

नोबेल कोरोना भाइरसको संक्रमण चीनबाट सुरु भएपछि विश्वभर महामारीका रुपमा फैलिन थालेपछि चीनबाट ल्याइएका नेपाली नागरिकलाई राख्नका लागि ‘क्यारेन्टाइन’स्थालको सुनिश्चित गरिएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप