शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ आइजीपीमा ठाकुर नियुक्त

मङ्गलबार, २८ माघ २०७६, १७ : १७
मङ्गलबार, २८ माघ २०७६

काठमाडौँ । नेपाल प्रहरीको आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २९ गतेबाट ३० वर्षे सेवा अवधी हदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो । 

आईजीपीको लागि डीआईजी तारिणीप्रसाद लम्साल र सूर्य उपाध्यायको पनि चर्को लबिङ भएको थियो । बरियताक्रममा लम्साल दोस्रोमा थिए भने उपाध्याय तेस्रोमा थिए । 

२०२२ असोज २८ गते प्यूठानको तत्कालीन बाधिकोट गाविसमा जन्मीएका हुन ठाकुर । ज्ञवालीले राजनीति शास्त्रमा एमए गरेका छन् । काठमाडौंको वनस्थलीमा बस्दै आएका ज्ञवाली प्रहरी निरीक्षकबाट डीआईजीसम्म पुग्दा कुनै विवादमा मुछिएका छैनन् ।

यसअघि दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर एकको प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोमा काम गरिसकेका छन् । २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

उनको पहिलो पोस्टिङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा भएको थियो । २०५८ वैशाख १८ गते डीएसपी, २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा डीआईजीमा बढुवा भएका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप