बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तपाई पोखरादेखि सौराहासम्म सस्तोमा घुम्न चाहनुहुन्छ ? कान्तिपुर होलिडेजले ल्याएको छ यस्तो प्याकेज

होलिडेजको प्रिभिलेज कार्ड सेवाः अस्पतालदेखि रेष्टुरेन्टसम्म पाइन्छ विशेष छुट
मङ्गलबार, २८ माघ २०७६, १५ : ३१
मङ्गलबार, २८ माघ २०७६

भिजिट नेपाल २०२० सुरु भएसँगै नेपालका पर्यटकीय गन्तव्यको बारेमा प्रचारप्रसार र भ्रमण प्याकेजहरु सार्वजनिक भइरहेका छन् । भ्रमण वर्षलाई सफल पार्नका लागि नेपालका पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रवर्धनका लागि नेपालमा संचालित केही ट्राभल एण्ड टुर्सहरुले पनि नयाँ/नयाँ योजनाहरु ल्याइरहेका छन् ।

सन् २००८ देखि एबल नेपाल ट्राभल्स एण्ड टुर्सको नामबाट सञ्चालनमा आएको ‘कान्तिपुर होलिडेज’ले नेपाल र विश्वका विभिन्न देश घुम्न चाहने नेपाली तथा विदेशी पर्यटकका लागि विशेष प्याकेजहरु सार्वजनिक गर्दै आइरहेको छ । 

राजधानीको लाजिम्पाटस्थित कान्तिपुर होलिडेजले नेपालका पर्यटकीय स्थलहरु चितवनको सौराहादेखि कास्कीको पोखरासम्मका लागि भन्दै विशेष प्याकेज ल्याएको छ । कान्तिपुरले भ्रमण प्याकेजका लागि मासिक किस्ताबन्दीमा अर्थात ईएमआई गरेर नेपाल र विश्वका आकर्षक गन्तव्य घुम्न पाउने सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ । 

नेपालका पर्यटकीय गन्तव्यहरु घुम्न चाहनेहरुका लागि एकदेखि दुई जनाको लागि एउटा मूल्य र समूहमा घुम्न चाहनेहरुका लागि छुट्टै मूल्य निर्धारण गरिएको छ । समूहमा घुम्न जाँदा ५० प्रतिशत सस्तो पर्ने भएकाले समूहमा घुम्नेहरु धेरै भएको होलिडेजले बताएको छ । आउनुस् नेपालका केही पर्यटकीय गन्तब्यको घुमघामका लागि कान्तिपुर होलिडेजले सार्वजनिक गरेका प्याकेज र यस्ता प्याकेज खरिद गर्दा लाग्ने मूल्यबारे जानकारी राखौँ ।

दुई रात तीन दिनको सौराहा टुर प्याकेज 

कान्तिपुर होलिडेजले दुई रात तीन दिनको सौराहा टुर प्याकेज सस्तोमा उपलब्ध गराएको छ । खान, बस्न लगायतको सुविधा रहने यस्तो प्याकेजमा सम्पूर्ण जिम्मा होलिडेजको हुनेछ । 

एकदेखि दुई जना भ्रमण गर्दा १७ हजार नौ सय प्रतिव्यक्ति पार्न आउने यो प्याकेज आठजनासम्मको समूहमा भ्रमण गर्दा प्रतिव्यक्ति ११ हजार नौ सय पर्न आउँछ । यसरी समूहमा भ्रमण गर्दा अझ सस्तो पर्ने कान्तिपुर होलिडेजका फाइनान्स प्रमुख रामहरि सुवेदीले बताए । 

सौरहा भ्रमणका लागि होलिडेजले पहिलो दिन काठमाडौँबाट चितवनसम्मको यात्राका लागि पर्यटकलाई लिएर जानेछ र सोही दिन साँझ थारु नाच देखाउने छ । त्यसैगरी, दोस्रो दिन ब्रेकफास्टलगत्तै हात्ती सफारी, हात्ती प्रजनन् केन्द्रको भ्रमण, क्यानोइङ सफारी, भिलेज सफारी, जंगलमा पैदल यात्रासँगै साँझको खानाको लागि तयारी हुनेछ ।

त्यसैगरी, तेस्रो दिन ब्रेकफास्ट अनि लन्च गरेसँगै काठमाडौँको लागि यात्रा सुरु हुनेछ । छोटो समयको लागि रोमाञ्चक यात्रा गर्न चाहनेहरुका लागि सौराहाको दुई रात तीन दिनको यात्रा उपयुक्त हुने होलिडेज बताउँछ ।

तीन रात चार दिनको बन्दीपुरदेखि पोखरासम्मको प्याकेज

कान्तिपुर होलिडेजले तीन रात चार दिनको बन्दीपुरदेखि पोखरासम्मको टुर प्याकेज पनि सार्वजनिक गरेको छ । 

पहिलो दिन काठमाडौँदेखि बन्दीपुरको यात्रा तय हुन्छ । एकदिन बन्दीपुरमा बसेपछि दोस्रो दिन पोखरा पुगिन्छ । तेस्रो दिन पोखराको घुमघाम (साइडसिन, फेवा लेक बोटिङ, प्याराग्लाइडिङ लगायत) गर्न सकिन्छ । चौथो दिन काठमाडौँ फर्किन सकिन्छ । 

यसरी तीन रात चार दिनको प्याकेज प्रतिव्यक्ति (दुई जनासम्म) १९ हजार पाँच सय तय गरिएको छ । तर आठजना सम्मको समूहमा घुम्ने हो भने यसको मूल्य प्रतिव्यक्ति नौ हजार नौ सयमात्र पर्न आउँछ । समूहमा घुम्ने हो भने आधा सस्तो पर्न आउने होलिडेजले बताएको छ ।

पोखरा टुर प्याकेज

होलिडेजले पोखरामात्रै घुम्न चाहने पर्यटकका लागि पनि विशेष प्याकेज ल्याएको छ । पोखराको लागि दुई रात तीन दिनको प्याकेज तय गरेको छ । जसमा पहिलो दिन काठमाडौँबाट पोखरा, दोस्रो दिन पोखराको घुमघाम र तेस्रो दिन पुनः पोखराबाट काठमाडौँ फर्कने तालिका रहेको छ । 

यो प्याकेज लिन चाहनेले प्रतिव्यक्ति १३ हजार नौ सय रुपैयाँ तोकिएको छ तर आठजना वा सोभन्दा बढी मिलेर समूहमा प्याकेज खरिद गर्ने हो भने प्रतिव्यक्ति सात हजार पाँच सयमात्र पर्न आउँछ ।

चितवन-पोखरा टुर प्याकेज

मुख्यतया छोटो समयमा चितवन अनि पोखरा घुम्न चाहने पर्यटकहरु नेपालमा धेरै हुन्छन् । यसैलाई ध्यानमा राखेर कान्तिपुर होलिडेजले चितवन र पोखराको लागि टुर प्याकेज तयार पारेको छ । 

चार रात पाँच दिनको यो प्याकेजमा होलिडेजले पहिलो दिन काठमाडौँबाट सिधा चितवनको सौराहा लैजाने छ । सोही दिन सौराहाको थारु नाच देखाउने छ । दोस्रो दिन ब्रेकफास्टपछि हात्ती सफारी, हात्ती प्रजनन् केन्द्रको अवलोकन, क्यानोइङ सफारी, थारु गाउँ पैदल यात्रा, जंगल यात्रा गराउने छ । 

तेस्रो दिन ब्रेकफास्ट गराएर पोखराको लागि प्रस्थान गरिनेछ । चौथो दिन पोखराको मनोरम दृश्यावलोकनका साथै आफूलाई चाहेको स्थान घुम्न पाइने छ । पाँचौं दिन पोखराबाट काठमाडौँको यात्रा तय हुनेछ । यसरी छोटो समयमै चितवन र पोखराको घुमघाम गर्न सकिनेछ । 

चितवन र पोखरा टुर प्याकेज खरिद गर्दा प्रतिव्यक्ति २४ हजार पाँच सय पर्न आउँछ । तर समूहमा जाने हो भने निकै सस्तो पर्न आउँछ । जस्तोः आठ वा सो भन्दा धेरैको समूह बनाएर जाने हो भने प्रतिव्यक्ति १४ हजार नौ सयमा घुम्न सकिने छ ।

कान्तिपुर होलिडेजको प्रिभिलेज कार्ड सेवा

कान्तिपुर होलिडेजले पर्यटकलाई थप सेवा दिने उद्देश्यले प्रिभिलेज कार्डको सुरुवात पनि गरेको छ । पर्यटकहरुको सुविधाका लागि भनेर सात महिना अघिबाटै प्रिभिलेज कार्ड सेवा दिइरहेको कान्तिपुर होलिडेजका फाइनान्स हेड रामहरी सुवेदीले बताए । 

आन्तरिक र बाह्य पर्यटकहरुलाई थप सेवा दिने उद्देश्यले संचालनमा ल्याएको प्रिभिलेज कार्ड सेवा लिने लगभग तीन हजार पुगिसकेका छन् । प्रिभिलेज कार्ड प्रयोगकर्ताहरुको सकारात्मक प्रतिकृयाले आफूहरु उत्साहित भएको होलिडेजले बताएको छ ।

कसरी पाईन्छ प्रिभिजेल कार्ड ?

कान्तिपुर होलिडेबाट कुनै पनि सेवा लिएको व्यक्ति स्वतः प्रिभिलेज कार्ड होल्डर बन्दछ । कार्ड सुविधाका लागि छुट्टै प्रोसेस गर्नुपर्ने जरुरी हुँदैन । कुनै पनि खालको टुर पर्चेज गरेका ग्राहकको नाम, ठेगाना, फोन नम्बर होलिडेजसँग सुरक्षित हुने भएकाले हरेक ग्राहकको कार्ड स्वतः बन्छ । कार्ड बनाएबापत अतिरिक्त शुल्क नलाग्ने सुवेदीले बताए ।

ग्राहकले कार्डबारे जानकारी लिनको लागि होलिडेजको वेवसाइटमा आफ्नो फोन नम्बर राखेर सर्च गरेपछि कार्डको विस्तृत विवरण पाउन सक्नेछन् । ग्राहकले होलिडेजले तोकेको स्थानमा आफ्नो फोन नम्बर राखेकै भरमा सेवा तथा सुविधा सजिलै लिन सक्नेछन् । 

एक पटक कार्ड प्राप्त गरेपछि दुई वर्षसम्म सोही कार्डले काम गर्दछ । दुई वर्षपछि कार्डको भ्यालिडिटी सकिन्छ र अर्को टुर प्याकेज लिएसँगै स्वतः नयाँ कार्ड बन्छ । होलिडेजले होटल तथा रेस्टुरेन्ट, हेल्थ क्लव, अस्पतालहरुमा प्रिभिलेज कार्डको सुविधा दिइरहेको छ । 

हाललाई ट्राङ्क्विलिटी स्पा, नेपाल मेडिसिटी अस्पताल, ब्लु क्रस अस्पताल, भिवान्ता डेन्टल अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, ओम अस्पताल, हिमाल डेन्टल अस्पताल, नौलो रेष्टुरेन्ट लगायतमा कान्तिपुर होलिडेजले प्रिभिलेज कार्ड सेवाको लागि सम्झौता गरेको छ । 

यी स्थानमा प्रिभिलेज कार्डको प्रयोग गर्दा १० देखि २० प्रतिशतसम्मको डिस्काउन्ट पाउन सकिन्छ । यो सेवा नेपाली र विदेशी दुवैको लागि समान गरिएको छ ।

तस्विरहरु: गुगलबाट लिइएका हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप