शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थ्रीस्टार तेस्रो स्थानमा

मङ्गलबार, २८ माघ २०७६, १४ : २५
मङ्गलबार, २८ माघ २०७६

काठमाडौं । ललितपुरको थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा थ्रीस्टारले एनआरटी क्लबलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारका लागि दिपेश घलेले निर्णायक गोल गरे । दिपेशलले ७७ औं मिनेटमा गरेको गोल र्नै थ्रीस्टारको जितमा प्रयाप्त बन्यो । एनआरटीले गोल गर्ने अवसर बनाए पनि सुदुपयोग गर्न सकेन । थ्रीस्टारका ग्वीलामे प्रिसो म्यान अफ दी म्याच भए । 

उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै थ्रीस्टारले १२ खेलबाट २३ अंक बनाएको छ । थ्रीस्टार उपाधि होडबाट बाहिरि सकेको छ । १५ अंक बनाएको एनआरटी आठौं स्थानमा छ । थ्रीस्टारसँगको हारले शीर्ष ६ मा रहने एनआरटीको लक्ष्यमा धक्का लागेको छ । शीर्ष स्थानमा रहेको आर्मीको २९ अंक छ । मच्छिन्द्र २८ अंक सहित दोस्रो स्थानमा छ । चौथो स्थानमा रहेको मनाङ मस्र्याङ्दीको २२ अंक छ । आफ्नो १२औं खेलमा आजै मनाङले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप