बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कृषिमा फड्को मार्न वैज्ञानिक भूमिसुधार: मन्त्री अर्याल

मङ्गलबार, २८ माघ २०७६, १४ : ०३
मङ्गलबार, २८ माघ २०७६

काठमाडौं  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषिमा फड्को मार्नका निम्ती व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताएकी छिन् । मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ुसहकारीमार्फत उद्यमशिलता विकास राष्ट्रिय कार्यशाला कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।

मन्त्री अर्यालले जबसम्म भूमिको व्यवस्थित वैज्ञानिक सुधार गरिँदैन तबसम्म कृषिमा फड्को मार्न नसकिने बताइन् । ‘कृषिको व्यवसायिकिकरण र यान्त्रिकिकरणको प्रयोग गरेर ठूला उत्पादनमा केही गरौं न भनेर जाने हो भने जर्बजस्त भूमिसुधारको एजेण्डा स्थापित गर्नैपर्छ’ मन्त्री अर्यालले भनिन् । यसका निम्ति महत्वपूर्ण कुनै क्षेत्र छ भने त्यो सहकारी क्षेत्र नै भएको उनको भनाइ थियो । 

अर्थतन्त्र निर्माणमा सहकारीको भूमिकालाई स्थापित गर्नका निम्ती राज्यले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले प्रोत्साहनमूलक कार्यक्रममार्फत सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै सहकारीलाई अर्थतन्त्र निर्माणमा प्रवेश गराउनुपर्ने समेत बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप