हतौडा प्रहार गरी वृद्धको हत्या
रौतहट । रौतहटमा एक वृद्धको हत्या भएको छ । जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका–३ मत्सरी पर्साटोलका ६५ वर्षीय फेकन पण्डितको हत्या भएको हो ।
सोमबार राति अज्ञात समूहले पण्डितलाई उनकै गोठमा हतौडा प्रहार गरी हत्या गरेको पीडित परिवारले जनाएको छ ।
घरमा खाना खाएर गाउँबाट झण्डै १ किलोमिटर रहेको गोठमा सुत्न गएका उनी मंगलबार बिहान अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्य खोज्न जाँदा पण्डितको टाउकोमा हतौडा प्रहार गरी हत्या गरेको अवस्थामा गोठमै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक नविनकुमार सिंहले घटनाको पुष्टि गरेका छन् ।
रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको बताउँदै अपराधी चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं