घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ
मङ्गलबार, २८ माघ २०७६, १० : १५
तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ हजार घुससहित पक्राउ गरेको हो ।
वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस–कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको समेत विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचना एवं कार्यालयमा प्राप्त उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले अधिकारीद्वयलाई नगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए । पक्राउ परेका निजहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा