इरानको मिसाइल हमलामा १ सय ९ जना सैनिक घाइते भएको अमेरिकाद्वारा स्वीकार
गत जनवरीमा इराकमा रहेको आफ्नो सैन्य बेसमा इरानले गरेको मिसाइल हमलामा घाइते भएका सैनिकको संख्या १ सय ९ पुगेको अमेरिकी अधिकारीहरुले स्वीकार गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुमा सो हमलामा कोही पनि अमेरिकी सैनिक घाइते नभएको बताएका थिए । तर, पछि पेन्टागनले उक्त हवाइ हमलामा ६४ जना घाइते भएको बताएको थियो । अहिले सो सङ्ख्या बढेर १ सय ९ जना पुगेको हो ।
अमेरिकाले इरानी सैन्य कमान्डरको हत्या गरेपछि जनवरी ८ मा इराकमा रहेका दुई अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण भएको थियो ।
अमेरिकी अधिकारीहरुका अनुसार सो हमलामा १ सय ९ जना सैनिक ट्रमाटिक ब्रेन इन्जुरी (टीबीआई) का शिकार बनेका हुन् । पेन्टागनले घाइतेमध्ये ७० प्रतिशत सैनिक पुनः सेवामा फर्किसकेको जनाएको छ ।
घाइते सैनिकको सङ्ख्यामा झण्डै दोब्बरले वृद्धि भएपछि रिपब्लिकन पार्टीकी सांसद जोनी अर्नेस्टले यसबारे प्रश्न उठाएकी छिन् ।
गत महिना ट्रमाटिक ब्रेन इन्जुरीबारे प्रश्न गर्दा राष्ट्रपति ट्रम्पले टीबीआई धेरै चिन्ताजनक विषय नभएको बताएका थिए ।
अमेरिकी सेनाका अनुसार युद्धग्रस्त क्षेत्रमा टीबीआई सामान्य हो । यो विशेष गरेर विस्फोटका दौरान हुनेगर्दछ । विस्फोटको कारण सैनिकको मस्तिष्कमा चोट पुग्नेगर्छ । सन् २००० यता ४ लाख अमेरिकी सेनामा टीबीआई भेटिएको अमेरिकी सरकारको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता