बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘लाजका कारण पेले घरबाट निस्कन सक्दैनन्’

मङ्गलबार, २८ माघ २०७६, ०७ : १२
मङ्गलबार, २८ माघ २०७६

ब्राजिलका महान् फुटबलर पेले लाजका कारण आफ्नो घरबाट निस्कन नसक्ने उनको छोराले जानकारी दिएका छन् । उनी कसैको सहाराबिना हिँड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने छोराले बताएका छन् ।

तीन पटक विश्व कप बिजेता उनलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा लिइन्छ । पिसाब संक्रमणका कारण उनलाई गत वर्ष अस्पताल पुर्‍याइएको थियो ।

७९ वर्षका पेललाई केही समयका लागि कम्मरमा समस्या देखिएको थियो अब उनलाई हिँड्न फ्रेम चाहिन्छ । उनलाई पछिल्लो पटक सार्वजनिक स्थानमा ह्विलचेयरमा मात्रै देखिएको छ ।

 ‘उनलाई असाध्यै अप्ठेरो लाग्छ, एकान्त मनपर्छ,’ उनका छोरा इडिन्होले टिभी ग्लोबललाई जानकारी दिए ।

पेलेले आफ्नो २१ वर्षको करियरमा १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८ गोल हानेर विश्व रेकर्ड राखेका छन् । ब्राजिलका लागि ९१  खेलमा उनले ७७ गोल हानेका छन् ।

पछिल्लो समय उनको स्वास्थ्यबारे सबैले चिन्ता व्यक्त गरिरहेका छन् । सन् २०१५ मा उनको प्रोस्टेट शल्यक्रिया भएको थियो । त्यसको ६ महिनापछि उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो ।

‘एकपटक सोच्नुहोस् त, उनी राजा हुन्, उनको व्यक्तित्व सधैं उत्कृष्ट रहँदै आएको छ र अहिले उनी राम्रोसँग हिँड्न पनि सक्दैनन्,’ इडिन्होले बताए ।

‘उनलाई लाज लाग्छ, उनलाई घरबाट बाहिर निस्कनै मन लाग्दैन, कसैले देखोस् भन्ने चाहँदैनन् र घरबाहिर हुने काममा सरिक हुनै चाहँदैनन्,’ उनका छोराले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप