शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुजुकी ‘खुसीको साँचो’ अफर

सोमबार, २७ माघ २०७६, १९ : ३७
सोमबार, २७ माघ २०७६

काठमाडौं– नेपालका लागि सुजुकी ब्राण्डका गाडीको आधिकारिक विक्रेता ता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ । 

यो योजना अन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेञ्ज बोनस र एक वर्षको निशुल्क बिमाको सुविधा पाउनेछन् । 

यो अफर नेपालमा रहेका सुजुकीका सबै ३५ वटै डिलर उपलब्ध हुनेछ । 

सबैभन्दा बढी प्रडक्ट रेन्ज रहेको सुजुकीले हाल नेपालमा अल्टो के१०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल६, इको भ्यान, इको कार्गो र सुपर क्यारी विक्री गर्दै आएको छ । 

सुजुकी ‘खुसीको साँचो’ अफर सिमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप