मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मच्छिन्द्र फेरि शीर्ष स्थानमा

सोमबार, २७ माघ २०७६, १९ : ०४
सोमबार, २७ माघ २०७६

काठमाडौं । मच्छिन्द्र फुटबल क्लब फेरि शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानका उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा मच्छिन्द्रले संकटा क्लबलाई ३–१ गोलले हराउँदै पुनः शीर्ष स्थानमा उक्लिएको हो ।

मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, बिशाल राई ‘बी’ र दिपक राईले गोल गरे । संकटाका मेसौके ओलोउमोउले सान्त्वना गोल फर्काएका थिए । संकटाविरुद्ध सानदार प्रदर्शन गरेको मच्छिन्द्रले ४४औं मिनेटमा देवेन्द्रको गोलमा सुरुआती अग्रता लिएको थियो । उनले रन्जित धिमालको कर्नर पासमा हेड मार्फत गोल गरेका थिए । 

६४औं मिनेटमा बिशाल राईले लामो फ्रिककमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ८२औं मिनेटमा दिपक राईले रन्जित धिमालको पासमा गोल गर्दै मच्छिन्द्रको जित सहज बनाएका थिए । संकटाका मेसौकेले ८९औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । 

मच्छिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँग मच्छिन्द्रले १२ खेलबाट २८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आर्मीको ११ खेलबाट २६ अंक छ । संकटा १५ अंक सहित सातौं स्थानमा छ । लिगको अन्तिम खेलमा मच्छिन्द्र र आर्मी भिड्ने छन् । सोही खेलले उपाधिको छिनोफानो गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप