शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरस्वती रेलिगेसनमा

सोमबार, २७ माघ २०७६, १५ : २७
सोमबार, २७ माघ २०७६

काठमाडौं । सरस्वती युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ । लिग अन्तर्गत १२ औं चरणको खेलमा सोमबार च्यासलसँग पराजित भएपछि सरस्वती ‘बी’ डिभिजनमा घटुवा भएको हो । ‘ए’ डिभिजन रहनका लागि च्यासलसँग जित्नै पर्ने खेलमा सरस्वती पराजित भयो ।

च्यासलको जितमा जापानी खेलाडी ताइगा नाकामुरा र हायातो वाकिनोले एक–एक गोल गरे । सरस्वतीका काजिम बुसारीले एक गोल फर्काएका थिए । नकामुराले १८ औं मिनेटमा गोल गर्दै च्यासललाई अग्रता दिलाए । ६६ औं मिनेटमा वाकिनोले गोल गर्दै च्यासलको अग्रता दोब्बर बनाए ।

सरस्वतीले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो । सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् । च्यासलका नाकामुरा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । यस हारसँगै सरस्वती एक खेल अगावै रेलिगेसनमा परेको छ । अन्तिममा रहेको सरस्वतीले १२ खेलबाट चार अंक बनाएको छ । १५ अंक बनाएको च्यासल नवौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप