कुकुरलाई बचाउने प्रयासमा खसे, उद्धार कार्य जारी
सोमबार, २७ माघ २०७६, १० : २९
पोखराको चाइना पुलको अगाडिबाट एक व्यक्ति सेतीनदीको खोँचमा खसेका छन् ।
अन्दाजी २२, २३ वर्षका आकाश गुरुङ बिहान कुकुरलाई डोहोर्याइरहेको क्रममा खसेको बुझिएको छ । सुरुमा उनको कुकुर खसेको र कुकुरलाई बचाउने क्रममा उनी आफैं पनि लडेर खोँचसम्म पुगेका हुन् ।
उनी लडेको जानकारी प्राप्त भएपछि स्थानीयको सहयोगमा प्रहरी अधिकारीले तत्काल उद्धार कार्य सुरु गरेको थियो । अहिले उनको उद्धार कार्य जारी छ ।
ग्यारेजमा काम गर्ने आकाश कामको सिलसिलामा कास्कीमा आएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा