बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखले बोल्न दिएनन्, उनीहरु बोलिरहे...

सोमबार, २७ माघ २०७६, ०६ : ४५
सोमबार, २७ माघ २०७६

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत बिहिबारदेखि संसद् अवरुद्ध गर्दै आएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारबाही अघि बढाउनासाथ प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

त्यसलगत्तै सभामुख सापकोटाले तीनपटक बैठक अवरुद्ध भएकाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे प िसम्भव भएन । 

सभामुखमा निर्वाचित भएपछि आफूलाई बधाई दिँदा सदन सञ्चालन निष्पक्ष होस् भनी कांग्रेसका सांसदहरुले दिएको सुझाव स्मरण गर्दै उनले सदन चल्न दिन अनुनयविनय गर्दा पनि हल्ला गरिरहे । 

तैपनि सभामुख सापकोटा बोल्न छोडेनन् । उनी बालिरेह, ‘दुईपटक सदनमा धारणा राखिसक्नुभयो । त्यसैले संवैधानिक आयोगको निर्णय र अदालत प्रवेश गरिसकेको विषयमा संसद् अवरुद्ध गरिरहनुको औचित्य रहँदैन । सर्वोच्च जनप्रतिनिधि संस्था भएकाले आफ्नो सरोकार दलका भनाइ राख्नु पनि पर्छ तर दुई दिनसम्म तपाईंहरुले राख्नु पनि भएको छ, जनप्रतिनिधिमूलक थलो संसद्लाई गतिशील र चलायमान बनाइराख्नुपर्छ ।’ 

दुईवटा बैठकमा कांग्रेसका सांसदहरुलाई बोल्ने समय उपलब्ध गराएका सभामुख सापकोटाले आइतबार भने बोल्न नदिए पनि कांग्रेस सांसदहरु आआफ्नै ठाउँबाट उठेर बोलिरहे । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप