प्रधानसेनापति थापा र बंगलादेशका सेना प्रमुख अहमदबीच शिष्टाचार भेटवार्ता
आइतबार, २६ माघ २०७६, २२ : २१
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय भद्रकालीमा सेना प्रमुखद्वय थापा र अहमदबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्ताको क्रममा उहाँहरुबीच द्दिपक्षीय हित तथा पारस्पारिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जनाएको छ ।
छिमेकी मित्रराष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले