मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘कठै अख्तियार, नेकपासामु लम्पसार’ (भिडियो)

तरुण दलको नारा : नेपाल–पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार
आइतबार, २६ माघ २०७६, १३ : २६
आइतबार, २६ माघ २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दलले विरोध प्रदर्शन गरेको छ ।

तरुण दलको संयोजनामा काठमाडौँको माइतीघरबाट सुरु भएको विरोध प्रदर्शनमा अन्य भ्रातृ संस्थाका नेता कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।

उनीहरुले ‘नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार, दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो, विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन, कठै अख्तियार, नेकपासामु लम्पसार’ जस्ता नारा लगाएका थिए ।

माइतीघबाट सुरु भएको विरोध र्याली नयाँबानेश्वरसम्म पुगेको थियो । यसैगरी तरुण दलले देशैभरका जिल्ला सदरमुकाममा पनि विरोध प्रदर्शन गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको तर काँग्रेस उपसभापति विजय गच्छदारविरुद्ध मुद्दा दायर गरिएको भन्दै काँग्रेस आन्दोलित छ ।

काँग्रेसको निर्देशनमा उसको भ्रातृ संस्थाहरु अख्तियारको कदमविरुद्ध सडकमा उत्रिएका हुन् । काँग्रेस यसको विरुद्धमा संसद पनि अवरुद्ध गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप