शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरस रोकथामका लागि सर्तकता

आइतबार, २६ माघ २०७६, १२ : ०१
आइतबार, २६ माघ २०७६

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले नोवेल कोरोना भाइरसको रोकथामका लागि सतर्कता अपनाएको छ । 

महामारीको कहरका रुपमा फैलिएको सो भाइरसवाट बच्न प्रदेशले सतर्कता अपनाउन थालेको हो ।

खुल्ला सिमानाकाका कारण भाइरसले यस प्रदेशमा जोखिम ल्याउन सक्ने भन्दै सतर्कता अपनाउन सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय बैठकले नीतिगत निर्णय समेत गरिसकेको छ ।  

प्रदेशमा भाइरसको संक्रमण फैलन नदिन  मन्त्रालयल र स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सिमा नाकाहरूमा हेल्थ डेस्क सञ्चालन गर्न पनि तयार गरेको छ । 

मन्त्री सुवेदीले मुख्यमन्त्रीलाई प्रदेशका सरकारी अस्पतालहरूमा तयारी योजना र प्रतिकार्य टोलीको व्यवस्था, उच्च सर्तकता तथा जनचेतनामूलक कार्यक्रमबारे मन्त्रीस्तरीय नीतिगत निर्णयका बारेमा पनि जानकारी गराएको छ । 

सामाजिक विकास मन्त्रालयले तयार गरेको नीतिगत निर्णयमा प्रदेशमा रहेका सरकारी, गैरसरकारी, सामुदायिक तथा नीजि अस्पतालहरूले कोरोना भाइरससम्बन्धी तयारी योजना बनाउने उल्लेख छ ।

 मन्त्रालयले योजना बनाउदा स्क्रिनिङ र सर्भिलेन्स सम्बन्धी व्यवस्था, आइसोलेसन गर्नका लागि वेड तथा कक्षको छुट्टै व्यवस्थापन र पूर्व तयारी, सुरक्षाका उपायहरू, प्रयोगशाला परिक्षणको व्यवस्थापन, सम्पर्क व्यक्ति र प्रतिकार्य टोलीको व्यवस्था, सूचना तथा सञ्चार सम्बन्धी व्यवस्थापन र केस व्याख्या, प्राविधिक अल्गेरिथम र मार्गदर्शन अनुसार उपचार तथा व्यवस्थापन गर्ने व्यवस्था गरिरहेको उल्लेख छ । 

मुख्यमन्त्रीलाई नीतिगत निर्णयबारे अवगत गराउँदै मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशमा रहेको प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्र, स्वास्थ्य निर्देशनालय, स्थानीय तहले पूर्वतयारी र प्रवन्ध मिलाउन लागिएको जनाए ।

स्थानीय तहमा कोरोना भाइरस सम्बन्धी जनचेतना फैलाउने तथा प्रचारप्रसार गर्न तथा पूर्व तयारीका लागि सर्तकर्ता अपनाउन भनिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा नोवेल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समिति खडा गरी प्रवर्द्धनात्मक तथा प्रतिकारात्मक जनचेतनामूलक कार्यक्रम बुहप्रतिक्षित सहकार्य तथा समन्वयमा सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप