बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

क्रोधमा बोलिएका शब्दले सम्बन्ध खराब हुन्छ तसर्थ रिस उठ्दा मौन बस

आइतबार, २६ माघ २०७६, ०९ : ३३
आइतबार, २६ माघ २०७६

धेरैजसोले आफ्नो क्रोधका कारण ठूल्ठूला समस्या झेल्नुपरेको हुन्छ । रिसमा बोलिएका शब्दले सम्बन्ध खराब हुन्छ । जब रिस शान्त हुन्छ तब पछुतो पनि लाग्छ तर त्यतिबेलासम्म स्थिती बिग्रिसकेको हुन्छ । रिस नियन्त्रण कसरी गर्न सकिन्छ, यसबारे एक लोककथा प्रचलित छ ।

– प्रचलित कथा अनुसार पुरानो समयमा एक महिलाको स्वभाव निकै रिसाहा थियो  उनलाई स–सानो कुरामा पनि रिस उठ्यो जसका कारण उनी राम्रो नराम्रोबीचको भेद पनि बिर्सने गर्थिन् । महिलाको रिसका कारण परिवार र छिमेकी पनि निकै तनावमा थिए । रिस शान्त भएपछि महिलालाई आफ्नो व्यवहारको पछुतो पनि लाग्थ्यो । रिस नियन्त्रण गर्न चाहन्थिन् तर सफल भइरहेकी थिइनन् ।

– एकदिन उनको गाउँमा एक सन्त आए । महिला सन्तलाई भेट्न गइन् र आफ्नो समस्या बताइन् । उनले जति कोसिस गर्दा पनि आफ्नो स्वभाव परिवर्तन गर्न नसकेको बताइन् । त्यसकारण उनले आफ्नो स्वभाव सदाका लागि परिवर्तन गर्ने उपायको माग गरिन् ।

– सन्तले उनको कुरा ध्यानपूर्वक सुनेपछि यस्तो समस्या कसरी हटाउने भनेर बुझे । उनले महिलालाई एउटा सिसी दिएर त्यसमा औषधी भएको बताए । सिसी दिँदै उनले भने, ‘जब तिमीलाई रिस उठ्छ तब यसलाई मुखमा राखेर बिस्तारै पिउने गर । रिस शान्त नभएसम्म सिसीलाई मुखमा नै राख्ने गर । जब यो औषधी खाइसक्छौ तब आश्रम आएर पुनः लिएर जाउ । केही दिनमा तिम्रो क्रोध शान्त हुनेछ ।’

– सन्तको आज्ञा सुनेर महिलाले रिस उठ्दा उक्त औषधी खान सुरु गरिन् । एक हप्तामा नै उनको रिस कम हुन थाल्यो । खुसी भएर उनी सन्तलाई भेट्न पुगिन् । महिलाले सन्तलाई भनिन्, ‘गुरुजी तपाईंको औषधी चमत्कारी छ, मेरो क्रोध कम भएको छ ।’

– सन्तले भने, ‘यो सिसीमा कुनै औषधी छैन, त्यसमा सामान्य पानी भरेर दिएको थिएँ । रिसका बेला तिम्रो बोली बन्द गर्नु थियो, तिमीलाई चुप लगाउनु थियो त्यसकारण मैले तिमीलाई यो सिसी दिएको थिएँ । सिसी मुखमा राखिराख्दा तिमी रिसाएका बेला बोल्न सक्दिनथ्यौ त्यसकारण तिम्रा अगाडि भएका मानिसहरु तिम्रो शब्दवाणबाट बचे । तिमी चुप बस्दा दोस्रो व्यक्तिले पनि कुनै जवाफ फर्काएनन् । तिमी चुप बस्दा स्थिती बिग्रनबाट बच्यो । जब हामी कसैको क्रोधको जवाफ मौनले दिन्छौं भने कुरा त्यत्तिकै समाप्त हुन्छ ।’

त्यसकारण क्रोधलाई नियन्त्रण गर्ने सबैभन्दा राम्रो उपाय चुप बस्नु हो । चुप बस्दा नै हाम्रो र अरुको रिसलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप