शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा हुने

आइतबार, २६ माघ २०७६, ०८ : ४५
आइतबार, २६ माघ २०७६

लन्डन । किरात राईहरुको तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन आउँदो २४ देखि २६ मेसम्म बेलायतमा हुने भएको छ ।

 किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिलेअन्तर्राष्ट्रिय  सम्मेलन गर्न लागेको हो । सम्मेलनमा भारत सिक्किम प्रान्तका भूतपूर्व मुख्यमन्त्री पवन चाम्लिङ प्रमुख अतिथि रहने छन् । २४ मेका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्मेलन उद्घाटनपछि २५ र २६ मेका कार्यक्रम लन्डन हयारो बरो फुटबल क्लवमा हुने किरात राई यायोक्खा बेलायतकी अध्यक्ष कल्पना राईले जनाइन् ।

 विश्वभरका किरात राईहरुबीच भाइचारा सम्बन्ध अभिवृद्धि एवं एकताको सूत्रमा समेट्न, किरात राईको २८ भाषा प्रयोगमा रहेपनि केही भाषा लोप हुंदै गएकाले त्यसलाई जोगाउन, किरात राईहरुले मान्ने पूजाआजा र प्रमुख चाड जस्तै साकेला, साकेन्वा, तोषी, वास, भूमेपूजा, खोलापूजा, चुल्हापूजा आदिको संरक्षण एवं सम्वर्धन गर्न, किरात राईहरुको विशिष्ट मौलिक संस्कार र संस्कृतिलाई अक्षुण्ण राख्न, किरात राईहरु जहां बसेपनि आफ्नो मुल थातथलोसंगको सम्बन्ध कायम राख्न तथा विभिन्न कालखण्डका ऐतिहासिक, धार्मिक, सामाजिक, पुरातात्विक महत्वका अवशेषहरुको खोजी, पहिचान, संरक्षण र संवर्धन गर्न सम्मेलन केन्द्रित हुने अध्यक्ष राईले बताएकी छन् ।

 सम्मेलनमा नेपाल, भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, हङकङ, कतार, मलेसिया, जापान, कोरिया गरि १७ देशबाट करिब एकसय डेलिगेट्सहरुको सहभागिता रहनेछ । कार्यवहाक महासचिव नरेश काङमाङ राईले सम्मेलनमा करिब ३० लाख रुपैयाँ खर्च हुने जनाउँदै आर्थिक श्रोत जुटाउन यही २२ फेब्रुअरीमा लन्डन हयारो बरो फुटबल क्लवमा रात्रीभोजसहित सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए । बेलायतमा रहेका १४ वटा प्रारम्भिक कमिटी र १७ देशमा रहेका शाखाबाट आर्थिक सहयोग मागिने पनि राईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप