शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुकुरप्रेमी नेपाली : यस्ता छन् २५ लाखसम्मका कुकुर (फोटो/भिडियो)

शनिबार, २५ माघ २०७६, १७ : २२
शनिबार, २५ माघ २०७६

काठमाडौँ । सुन्दै अचम्म, एउटै कुकुरको मूल्य लाखदेखि करोडसम्म ? खाना दैनिक ४ किलो मासु । कुकुरमा यति धेरै लगानी गर्नुको कारण मनग्गे फाइदाका लागि भने होइन । केवल शोखका लागि खर्चिलो रुपमा   पालिएको हो । सहरमा मध्यम तथा उच्च धनाढ्य परिवारमा एक देखि पन्ध्र विस वटासम्म कुकुर पाल्ने गरिएको छ ।

ललितपुरका राज शाहले १० वटा कुकुर पालेका छन् । उनले पालेका २ कुकुरको मूल्यले एउटा परिवारका लागि घर नै बनाउन सकिन्छ । शाहले तिबेतीयन मास्टिभ जातको कुकुर पालेका छन् जसको मूल्य अन्तर्राष्ट्रिय बजारमा करोडमाथि पर्छ । नेपालमा यो जातको कुकुरको बच्चाको मूल्यमात्रै १ लाखदेखि ५ लाखसम्म पर्ने उनले सुनाए । 

लतितपुरमा गरिएको कुकुर प्रतिस्पर्धा कार्यक्रममा शनिबार उनले तिबेतीयन मास्टिभ जातको कुकुर प्रतिस्पर्धाका लागि ल्याएका थिए ।

 

                                                                                     तिबेतीयन मास्टिभ जातको कुकुर

सुल्तान नाम राखिएको सो कुकुरले दैनिक ४ किलो मासु खाने गरेको छ । १५ महिनाको यो कुकुर अहिले ८० किलोको छ । उमेर बढ्दै जाँदा १ सय २० किलो सम्म हुने उनले बताए । सुल्तानलाई सरसफाई गर्न नै २ घण्टा समय लाग्ने उनले बताए । 

                                                                                      विगलव्रिथ जातको कुकुर

यो प्रजातीको कुकुर नेपालमा १० वटा हाराहारी रहेको उनले बताए । दिउँसो सुत्ने र शान्त रहने यो प्रजातीको कुकुर बेलुकाको समयमा ड्युटी गर्ने र आक्रामक स्वभावको हुने गर्छ । 

कमलेस निरौलाको अमेरिकन बुली प्रजातीको कुकुर छ । उनले कुकुरको नाम डेन्बर दाहाल राखेका छन् । उनले बच्चा कुकुर १ लाख रुपैयाँमा किनेका थिए । कुकुरलाई मासु पकाएर खुवाउने, दही तरकारी भात  दिने गरेको उनले बताए । रिसालु जातको कुकुर भएपनि मिलनसार कम भुक्ने र बढी खेल्ने स्वभावको रहेको उनले जानकारी दिए ।

                                                                                                          साइबेरियन हस्की जातको कुकुर

काठमाडौंका सुवास गिरीको सेन्ट बर्नाट अर्थात स्वीस मास्टिभ जातको साढे ५ महिनाको कुकुर छ । ४५ हजारमा बच्चा कुकुर किनेका उनले प्रतिस्पर्धामा सहभागी गराउन कार्यक्रममा ल्याएका थिए । उनको कुकुरले दिनमा ४ पटक मासु, खाना खाने गर्छ ।  सो प्रजातीको कुकुर मान्छेसँग धेरै मिलनसार हुने र राती अलि बढी आक्रामक हुने उनले बताए । 

                                                                    गोल्डेन रिट्रिभर जातको कुकुर

डा.प्रशिस राईको चिवाव जातको मेक्सिकन कुकुर छ । सानो काँटीको यो कुकुरको वजन जम्मा २ किलो हाराहारी छ । तर यसको बजार मूल्य भने ७० देखि ८० हजार पर्छ । कुकुर परिवारको सदस्य जस्तै रहेको, दिसा पिसाव लागेमा कराएर जानकारी दिने उनले सुनाए । 

                                                                                                            साइबेरियन हस्की जातको कुकुर

बिना सुवेदीको कमेरियन जातको कुकुर छ । मुस्किलले १ किलो रहेको यो कुकुर भुक्दैन ।  सेरलेक्स, मासुभात खाने यो कुकुरले फोहोर नगर्ने उनले सनाइन् ।  ७० हजारमा भारतबाट यो कुकुर किनेर ल्याएको उनले बताइन् । 

                                                                                              स्वीस मास्टिभ जातको कुकुर

सातदोबाटोस्थित पौडी पोखरीको हातामा भएको कुकुर प्रतियोगितामा ३१ वटा प्रजातीका २ सय ५० कुकुरबीच प्रतिस्पर्धा भएको हो । जसको निर्णायक को भूमिका निर्वाह गर्न बेलायतबाट जुलेट म्याम आएको आयोजक स्टिभ जोशीले रातोपाटीलाई बताए ।  

                                                                                    कमेरियन जातको कुकुर

कार्यक्रममा पप्पी र ठूला कुकुरहरुबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गरिएको र उत्कृष्ट कुकरलाई ट्रफीसहित सम्मानको ब्यवस्था गरिएको छ । 

कार्यक्रममा सहभागी हुन वयस्क कुकुरलाई १ हजार र बच्चा कुकुरलाई ८ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । ७ हजारदेखि २५ लाखसम्मको कुकुर प्रतिस्पर्र्धामा सहभागी  भएको जोशीले बताए । 

                                                                                    चिवाव जातको मेक्सिकन कुकुर

हेर्नुहोस् भिडियोः 

थप  फोटोहरु हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप