बिषादीयुक्त तरकारी निरुत्साहित गर्न एक वडा एक प्राविधिक परिचालन
बाहिरबाट आउने बिषादीयुक्त तरकारीलाई निरुत्साहित गर्न पाल्पाको रामपुर नगरपालिकाले ‘एक वडा एक प्राविधिक परिचालन’ गरिएको छ ।
नगरका दशवटै वडामा एक वडा एक प्राविधिक छनौट गरी परिचालन गरिएको नगरपालिकाले जनाएको छ । बाहिरबाट बिषादी प्रयोग भएका तरकारीले रामपुर बजार ढाकेपछि स्थानीय उत्पादनलाई बढावा दिन रामपुर नगरपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम पनि सञ्चालन गरेको छ । नगरको एक वडा एक उत्पादन कार्यक्रम सहज र प्रभावकारी बनाउन वडा वडामा प्राविधिक परिचालन गरिएको हो ।
कृषि व्यवसायमार्फत स्थानीयवासीलाई आत्मनिर्भर बनाउने गरी सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । विशेषगरी तरकारी खेतीमा आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । प्रत्येक वडाका बासिन्दाले फाइदा लिन सक्ने गरी माटो सुहाउँदो तरकारी बालीका लागि स्थान छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।
सो कार्यक्रम अन्तर्गत वडा नं १ मा कागति, वडा नं। २ मा मौरी, खुर्सानी, गोलभेँडा, वडा नं। ३ मा अदुवा, एभोकाडो, आलु, वडा नं ४ मा काक्रो, बन्दा तथा वडा नं ५ मा गोलभेँडा र केराका लागि छनोट गरिएको छ । त्यस्तै वडा नं ६ मा आलु, मौरी र केरा, वडा नं। ७ मा घिरौला, करेला, कागती, वडा नं ८ मा सिमी र सुन्तला, वडा नं ९ मा कफी, अदुवा र वडा नं।१० मा सुन्तला, लिची, प्याज र दूध उत्पादनका लागि छनौट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव
-
नेपाललाई दोस्रो सफलता
-
चोभारको डढेलो निभाउन गएको दमकल दुर्घटनाग्रस्त, तस्बिरहरू
-
ऐरीले जोगाउँदा नेपालद्वारा १ सय ४० रनको लक्ष्य प्रस्तुत