मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भाले गैँडाको आक्रमणबाट पाँच महिनाको पोथी गैँडाको मृत्यु

शनिबार, २५ माघ २०७६, १५ : ५५
शनिबार, २५ माघ २०७६

चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ । 

    निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो ।

 मृत गैँडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिए । भालेको आक्रमणबाट उक्त पोथी गैँडा मरेको हुनसक्ने उनले बताए। चालू आवमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैँडा योसँगै १५ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप