अमेरिकासामु नेपालले दियो १९१ रनको लक्ष्य, डेब्यु खेलमै कुशलको अर्धशतक
काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शनिबार अमेरिकाविरुद्धको खेलमा नेपालले १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिला ब्याटिङमा ओर्लिएको नेपालले चार बल बाँकी छँदै सबै विकेट गुमाएर १९० रन बनाएको हो ।
नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धशतकीय पारी खेलेका थिए । कुशलले आफ्नो डेब्यु खेलमै अर्धशतक बनाएका हुन् । उनले ५१ बल सामना गर्दै ४ चौका र तीन छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन् ।
यस्तै भण्डारीले ५९ रनको योगदान गरे । ७९ बल सामना गरेका उनले ६ चौका र एक छक्का प्रहार गरे ।
नेपालले ६ रनको अवस्थामै पहिलो विकेट गुमाएको थियो । सुवास खकुरेल व्यक्तिगत ३ रन बनाएर बाहिरिए । ज्ञानेन्द्र मल्ल र पारश खड्काले पारी सम्हाल्ने कोसिस गरे पनि मल्ल २१ रनको व्यक्तिगत स्कोरमा बाहिरिएपछि नेपाल संकटमा परेको थियो ।
लगत्तै दीपेन्द्र सिंह ऐरीका रुपमा नेपालले तेस्रो विकेट गुमायो । उनले रनको खाता नै खोल्न सकेनन् । त्यसपछि नेपालका ब्याट्सम्यानहरु धमाधम पवेलियन फर्कने क्रम चल्यो । पारश खड्का १९ रन बनाएर फर्किए भने आरिफ शेख २ रन बनाएर बाहिरिए ।
मध्य क्रममा कुशल मल्ल र विनोद भण्डारीले टिमलाई केही सम्हालेका हुन् ।
ब्याटिङ लाइनको पुछारमा रहेका करण केसीले १२ रन बनाए भने सन्दीप लामिछानेले रनको खाता खोल्न सकेनन् । सुशन भारीले ११ र अविनाश बोहराले अविजित ५ रन बनाए ।
जारी प्रतियोगितामा नेपाल र अमेरिका दुवै पहिलो जितको खोजीमा छन् । यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिका पनि ओमानसँग ६ विकेटले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने