शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रानीपोखरीदेखि बसन्तपुर दरबार क्षेत्रसम्मः तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिको पुनर्निर्माणसम्बन्धी अवलोकन

शनिबार, २५ माघ २०७६, १३ : १०
शनिबार, २५ माघ २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान पुनर्निर्माण सम्बन्धी अवलोकन गरेकी छिन् । भण्डारीले विसं २०७२ को भूकम्पबाट क्षति भएको काठमाडौँको रानीपोखरी, दरबार हाइस्कुल, धरहरा, बसन्तपुर दरबार क्षेत्रलगायतका स्थानमा पुनःनिर्माण हुँदै गरेको संरचनाको अवलोकन गरेकी हुन् । 

बिहान ९ बजे शीतल निवासबाट रानीपोखरी पुगेकी उनले त्यहाँको निर्माण प्रगतिको जानकारी लिइसकेपछि दरबार हाइस्कुलको अवलोकनमा पुगेकी थिइन् । 

त्यसपछि धरहरा क्षेत्रको अवलोकनमा पुगेकी उनले बसन्तपुर दरबार क्षेत्रको समेत अवलोकन गरेकी थिइन् । 

अवलोकन भ्रमणपछि राष्ट्रपतिले पुर्ननिर्माणले गति लिएकोमा खुसी व्यक्त गर्दै निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्ने गरी लाग्न सम्बिन्धित सबैसँग आग्रह गरिन् ।

राष्ट्रपतिलाई पुनर्निर्माणमा भएका प्रगतिबारे प्राधिकरणका सीईओ सुशील ज्ञवालीलगायतले जानकारी गराएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप