शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बस र जीप एकापसमा ठोक्किँदा एकको मृत्यु

शनिबार, २५ माघ २०७६, ११ : २१
शनिबार, २५ माघ २०७६

बाँके । नेपालगञ्ज–सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जीप एकआपसमा ठोक्किँदा गएराति एकको मृत्यु भएको छ । 

कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जीपलाई सुर्खेतबाट आउँदै गरेको भे १ ख २७५९ नम्बरको बसले ठक्कर दिँदा जीप चालक राजकुमार चौधरीको मृत्यु भएको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले दुर्घटनामा गम्भीर घाइते बाँके बैजनाथ गाउँपालिका–२ निवासी चौधरीको शिक्षण अस्पताल कोहलपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको जानकारी दिए ।  दुर्घटनामा जीपका सहचालक मनोज चौधरी सहित अन्य छ जना सामान्य घाइते भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप